सागका पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

सागका पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाए

news
काठमाडौं। १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने खेलाडीलाई बुधबार प्रभानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्ने भएका छन् । सम्मानका लागि पदक विजेतालाई प्रधानमन्त्रीले बालुवाटार बोलाएका छन् । सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो सबा २ बजे बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । मंगलाबार साँझ डायलासिसका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहर कार्डियो गएका प्रधानमन्त्री ओली मंगलार राति नै बालुवाटार फर्किएको प्रधानमन्त्री सचिवालयका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। म‌ंगलबार सम्पन्न १३औं दक्षिण एसियाली खेलकूदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जितेको छ । सन १९९८ मा नेपालमा भएको ८औं सागपछि नेपाल १३औं सागमा दोस्रो स्थान
राजीनामा दिन्नँ, महरालाई मैले पठाएको हो र ? : उपसभामुख

राजीनामा दिन्नँ, महरालाई मैले पठाएको हो र ? : उपसभामुख

news
काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले आफूले तत्काल पदबाट राजीनामा नदिने बताएकी छन् । उनले आफूलाई राजीनामा दिन भनेर कसैले पनि नभनेको स्पष्ट पार्दै तत्काल राजीनामा नदिने बताएकी छन् । बुधबार बिहान बाह्रखरीसँगको कुराकानीमा उनले भनिन्,‘‘मिडियामा आएको समाचार देखेर म आफैँ छक्क परिरहेको छु । मलाई कसैले राजीनामा दिन भनेको छैन, दिने कुरा पनि हुँदैन ।” राष्ट्रपति विद्यादेवी भण्डारीबाट सरकारको सिफारिसमा आउँदो पुस ४ गते संसदको अधिवेशन डाकिएपछि उपसभामुखको राजीनामाको प्रसंग आएको हो । उपसभामुख र सभामुख फरक फरक पार्टीको हुनुपर्ने संवैधानिक प्रावधान भएको र उपसभामुखले राजीनामा नदिँदा सत्तारुढ नेकपाले सभामुख पद छोड्नुपर्ने अवस्था उत्पन्न हुन सक्ने भएकाले उपसभामुखले राजीनामा दिएर नेकपाकै अर्का एक नेतालाई सभ
भारतका गृहमन्त्री अमित शाहलाई प्रतिबन्ध लगाउन अमेरिकी माग

भारतका गृहमन्त्री अमित शाहलाई प्रतिबन्ध लगाउन अमेरिकी माग

news
वासिङटन : संघीय अमेरिकी आयोगले भारतीय गृहमन्त्री अमित शाहविरुद्ध प्रतिबन्ध लगाउन माग गरेको छ। भारतीय लोकसभामा नागरिकता संशोधन विधेयक प्रस्ताव गरेको भन्दै उनीप्रति आयोग आक्रोशित बनेको हो। शाहले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रतामाथि प्रहार गरेको आयोगको दाबी छ।आयोगले विधेयक ‘गलत दिशामा बढाइएको खतरनाक कदम’ भएको चर्चा गर्दै शाहमाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेको हो। विधेयक लोकसभाबाट पारित हुनु निकै चिन्ताको विषय भएको उसको भनाइ छ। अन्नपूर्ण पोस्टमा खबर छ । नागरिकता विधेयकमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानमा धार्मिक रूपमा पीडित भई सन् २०१४, डिसेम्बर ३१ सम्म भारत आएका हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्मावलम्बीलाई भारतीय नागरिकता दिन सकिने प्रस्ताव छ। अमेरिकी आयोगले भनेको छ, ‘यदि नागरिकता वि
बझाङमा क्षेत्रीका छोराले गरे विश्वकर्माकी छोरीसँग ‘मागी विवाह’

बझाङमा क्षेत्रीका छोराले गरे विश्वकर्माकी छोरीसँग ‘मागी विवाह’

news
बझाङ/ गाडी/घोडासहितको जन्तीको लावालस्कर खलापाटा गाउँबाट रैकोसीतिर जाँदै थियो । वडाध्यक्ष जयबहादुर मल्ल, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसहित करिब ३ सय गैरदलित जन्तीको लस्कर एकाएक दलित बस्तीतिर मोडियो । बेहुलीघर ध्वजा–पताकाले सिँगारिएको थियो । दुलहीका बुबा रमेश विकले जन्तीलाई टीका लगाइदिए । गाउँका अरू दलितले चिराग बालेर दुलाहा पक्ष र जन्तीको स्वागत गरे । दुलाहा थिए स्थानीय गैरदलित समुदायका दीपक बोहरा । दुलहीको माइती घरभित्र वैवाहिक कार्यक्रम हुँदै थियो । आँगनमा जन्ती र दुलही पक्षको रातभर नाचगान र रमाइलो चल्यो । सबै जन्तीले त्यहीँ खाना खाए । त्यो रात दलित बस्तीमै बिताए । जन्तीमध्ये ९५ प्रतिशतभन्दा बढी मानिस दलितको घरमा खाना खाएर त्यहीँ पहिलोपटक सुतेका थिए । अन्तरजातीय विवाह गरेका कारण आफ्नो जन्मथलो छाडेर भाग्नुपरेको, हिं,साको सिकार हुनुपरेको घटना थुप्रै छन् । झन् बझाङमा त छुवाछू
बन्दै गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो, हरेक दिन २५ सय…

बन्दै गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो, हरेक दिन २५ सय…

news
रासस चितवन, रामपुरमा निर्माण थालिएको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हेर्न आउनेको घुइँचो लाग्न थालेको छ । सोमबार मात्र रु २० को टिकट काटेर दुई हजार ५०० ले निर्माणाधीन रङ्गशाला अवलोकन गरेका छन् ।विभिन्न जिल्लाबाट भ्रमणका लागि आएका र यस जिल्ला हुँदै अन्यत्र जिल्ला जाने विद्यालयका विद्यार्थीदेखि सहकारी, आमा समूह, टोल विकास समितिलगायतका सङ्घसंस्थाका भ्रमण टोलीको प्रमुख गन्तव्य रङ्गशाला बन्ने गरेको छ । धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीतारम कट्टेलले सोमबार भ्रमण गर्न आएको एक समूहले रङ्गशाला निर्माणका लागि रु ६० हजार सहयोगसमेत गरेको बताउनुभयो । राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चासोका रूपमा रहेको रङ्गशाला कसरी बन्दैछ, धेरैलाई चासो भएकाले प्रवेश शुल्क राखेर देखाउन थालिएको हो । दश दिनअघिदेख
आज साँझदेखि भारी हिमपात र वर्षा हुने, भित्रिँदैछ नयाँ मौसमी प्रणाली

आज साँझदेखि भारी हिमपात र वर्षा हुने, भित्रिँदैछ नयाँ मौसमी प्रणाली

news
काठमाडौं । बुधबार (आज) साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा गिरावट आइ देशैभरी चिसो बढ्ने र यो प्रणाली बिहीबार अझै सशक्त हुनेसमेत जनाएको छ । हाल पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको जनाउँदै पूर्वानुमान महाशाखाले भनेको छ,‘‘यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपात
आइजिपीको गर्जन: को–को लाग्या छन्, सबै थाहा छ !

आइजिपीको गर्जन: को–को लाग्या छन्, सबै थाहा छ !

news
काठमाडौँ । प्रहरीमा चल्ने खेती पनि कस्ता हुन थाले भने, एउटापछि अर्को गर्दै ‘आइजिपी हट्दैछन्’ भनेर हल्ला गराउने । यसका लागि हेडक्वाटरभित्रैबाट ठूल्ठूला अफिसर सक्रिय भएको भनी आइजिपी सर्वेन्द्र खनालले केही दिनअघि पिसीसी बैठकमै भने – को–को लाग्या छन्, सबै थाहा छ ।’ बजारमा अब प्रहरीबारे आउने लागेको नयाँ फन्डा हो, ‘गुण्डा नाइके कुमार श्रेष्ठ (घैँटे दोहोरो भिडन्तमा मारिएको नभएर प्रहरीको बल प्रयोगबा मारिएको भनी राष्ट्रिय मानवअधिकार आयोगको ठहर ।’ घैँटे मारिनुअघि मारिएका अर्का गुन्डा नाइके दिनेश अधिकारी चरी बारेको कुरालाई ओझेमा पार्दै घैँटे प्रकरण उछाल्ने तयारी हुनुका पछाडिको कारण हो, आइजिपीविरुद्ध शक्तिकेन्द्रमा प्रभाव पार्नु । स्मरणीय छ, घैँटे मारिँदा अहिलेका आइजी अपराध महाशाखाका प्रमुख थिए । यसअघि सर्लाहीमा मारिएका विप्लव नेतृत्वको नेकपा नेता कुमार पौडेलको मुठभेडमा नभइ प्रहरीको बल प्रयोगबाट मृत्य
सागका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव, पोखरामा मात्रै ४० करोडको कारोबार बढायो

सागका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव, पोखरामा मात्रै ४० करोडको कारोबार बढायो

news
काठमाडौं । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदले समग्र खेलकुदकर्मीसँगै नेपालको आर्थिक क्षेत्रलाई चलायमान बनाएको छ । नेपालसहित सात देश सहभागी रहेको र विभिन्न २७ खेलका लागि काठमाडौँ, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् । यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रुपमा यसको अपनत्व लिएका छन् । सागमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा रेफ्रीगरी ६ हजार ५०० सहभागी छन् । उनीहरुसँगै आएका संचारकर्मी ७ हजार प्रत्यक्ष रुपमा सहभागी भएका छन् । सरकारको साढे ३ अर्ब खर्च गरेको छ भने निजी क्षेत्रको पनि करोडौं लगानी गरेको छ । सागमा पोखर
एसपी दान बहादुर मल्ल: जति चर्चा उति नै काम

एसपी दान बहादुर मल्ल: जति चर्चा उति नै काम

news
काठमाडौं। लोकप्रिय कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने पत्रकार शालिकराम पुडासैनी प्रकरणमा मुछिँदा चर्चामा आएका पात्र हुन् चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल। यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका पिएसओ रहिसकेका तथा द्व’न्द्वकालिन समयमा मुलुकमा विभिन्न दुर्गम स्थानमा गएर सेवा गरेका मल्लले अहिले चितवनमा रहेका अनेक चुनौतीका बाबजुत जिल्लामा शान्ती सुरक्षा कायम गर्न सफल भएका छन् । सबैलाई मिलाएर सबैलाई समेटेर लैजान सक्ने क्षमता भएका मल्लभित्र रहेको लिडरसिप, शहनशीलता र दुरदर्शिता पत्रकार शालिकराम पुडासैनी का’ण्डमा पनि देखिएको थियो। त्यतिबेला चितवनमा भैरहेको आन्दोलनमा उनले कुनै अप्रिय घ’टना हुन् दिएनन। अहिले उनि विभिन्न काण्डसगैँ उपनिर्वाचन समेत सफल रुपमा सम्पन्न गर्न सफल
यसरी ‘वयस्क’ बनाइन्छ नेपाली बालिका र बेचिन्छ

यसरी ‘वयस्क’ बनाइन्छ नेपाली बालिका र बेचिन्छ

news
काठमाडौं। यौ न व्यावसायमा आवद्ध रहेकी काठमाडौंकी ललिता (नाम परिवर्तन)को उमेर २१ पुग्यो । तर, उनले यो व्यावसाय १२ बर्षको उमेरदेखि नै गरेकी हुन् । सुन्दर शारिरीक बनोट भएकी उनी रेष्टुरेन्टमा वेटरको काम गर्दागर्दै यौ न व्यावसायमा पनि संलग्न हुन थालिन् । सोही समयमा उनलाई साहुले जिउ दुख्दा वा थकित हुँदा रातो च’क्की दिन्थे । उनलाई औषधिको नाम थाह हुँदैनथ्यो । ‘म औषधि लिन्थे तर त्यसले मेरा शरिर, अंगहरू निक्कै वयस्क र आकर्षक बनाएको अनुभुति मैले पनि गरें’, उनले सुनाइन्,‘औषधिको बारेमा सोध्दा पछिमात्र थाहा भयो, यो हार्मोन बढाउने चक्की रहेछ ।’ बालिकालाई बयस्क देखाउनका लागि यौ न व्यावसायीले ‘ग्रोथ हार्मोन’का विभिन्न उपाय अपनाउने गरेका छन् । प्रायः भारतका कोठी र नेपालका पनि यौ न व्यावसाय चलाउने ठाउँमा च’क्की, सिरिन्चको प्रयोगबाट ग्रोथ हार्मोनको प्रयोग गर्दै आएका छन् । आठ वर्षको उमेरमै त स्करीको माध